सुचना१
हेमाजा हिले महोत्सव

डेढ करोड ऋणमा पाँच करोड असुलेको आरोपमा बडीबिल्डर कटुवाल पक्राउ

पोखरा । चर्चित बडीबिल्डर कविराज कटुवाललाई अनुचित लेनदेन (मिटरब्याज) आरोपमा प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकका ३४ वर्षीय कटुवालले दुई वर्षअघि ललितपुरका एक व्यवसायीलाई करिब डेढ करोड रुपैयाँ ऋण दिएर झन्डै पाँच करोड असुलेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार मकवानपुरको हेटौंडाबाट पक्राउ गरिएका कटुवाललाई सोमबार ललितपुर ल्याइएको हो। ललितपुर जिल्ला अदालतले उनलाई पाँच दिन प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

उजुरी अनुसार कटुवालले रकम बुझिसकेपछि पनि थप असुलीको माग गर्दै धम्की दिएका थिए। साथै, उनले पीडितको कार पनि कब्जा गरेका छन्। साउन २२ गते ललितपुरस्थित लबिम मलमा पार्किङ गरिएको बा २० च ५२० नम्बरको क्रेटा गाडी र गाडीमा रहेको पाँच लाख रुपैयाँको चेकसमेत उनले लिए, र गाडी अहिलेसम्म फिर्ता भएको छैन।

प्रहरीले बैंक कारोबार, म्यासेज र अन्य प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाइरहेको छ। अनुचित लेनदेन निवारण ऐनअनुसार साँवा–व्याजसहितको सीमा तोकिएको छ र अवैध असुली भेटिए कानुनी कारबाही हुनेछ।

वडा नं २६
Sadak 1
पुल सेन्टर