newa srijana

पोखरा सहित देशभर ब्रह्माकुमारीद्वारा रक्तदान अभियान सुरु

पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालले आफ्नी पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणीज्यूको १८औं पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा देशव्यापी रक्तदान अभियान थालेको छ। नेपाल र भारतका अधिकांश स्थानीय सेवाकेन्द्रमा एकैसाथ आयोजना भइरहेको यस अभियानअन्तर्गत पोखरामा समेत आगामी चार दिन रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ।

सामाजिक सेवा प्रभागको संयोजनमा रेडक्रस सोसाइटी, विभिन्न विश्वविद्यालय, कलेज र स्थानीय संस्थाको सहकार्यमा आयोजना हुने शिविर भदौ ६ गतेदेखि ९ गतेसम्म चल्नेछ। आयोजक संस्थाका अनुसार रक्तदानलाई ‘जीवन दान’का रूपमा लिएर गरिएको यो अभियानले अस्पतालमा आवश्यक रगतको आपूर्ति सहज बनाउन मात्र नभई युवापुस्तामा मानवता, एकता र करुणाको भावनालाई थप प्रबर्द्धन गर्ने उद्देश्य राखेको छ।

सिटीजन फनिच्रर

रक्तदानलाई हरेक दिन अनगिन्ती जीवन बचाउने पवित्र कार्यको रूपमा चित्रण गर्दै ब्रह्माकुमारीजले समाजका सम्पूर्ण इच्छुक महानुभावलाई अभियानमा सहभागिताका लागि आह्वान गरेको छ।

Mountain run pokhara click

पोखरामा हुने कार्यक्रमअनुसार, पहिलो दिन भदौ ६ गते फूलबारीस्थित दिव्य शान्ति अनुभूति केन्द्रमा रक्तदान हुने छ। भदौ ७ गते तुल्सीघाट मार्ग, लामाचौरस्थित सेवाकेन्द्रमा कार्यक्रम हुनेछ। त्यसपछि भदौ ८ गते पार्टी, पोखरा–७ मा रहेको डिभाइन पिस प्यालेसमा र सोही दिन कुँडहरस्थित शिवशक्ति भवनमा पनि शिविर सञ्चालन हुनेछ। अन्तिम दिन भदौ ९ गते नयाँबजारस्थित ओम शान्ति भवनमा रक्तदान हुने कार्यक्रम छ।

बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने यी शिविरमार्फत सयौं स्वयंसेवकले रगत दान गर्ने अपेक्षा गरिएको छ।

 

Rabin photo