सुचना१
हेमाजा हिले महोत्सव

पोखरामा आठौँ ईक्यान शैक्षिक मेला भदौ २०–२१ मा हुने

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले भदौ २० र २१ गते पोखरामा आठौँ शैक्षिक मेला आयोजना गर्ने भएको छ।

दुई दिनसम्म न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा सञ्चालन हुने मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतसहितका विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने आज इक्यान कास्कीले पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

ईक्यानका सदस्य परामर्शदाता संस्था र ब्रिटिश काउन्सिलसहित करिब ६० वटा स्टल रहने मेलामा विद्यार्थीहरूले प्रत्यक्ष परामर्श पाउनुका साथै ल्यापटप, ट्याब, मोबाइल र चलचित्र टिकटजस्ता उपहार लक्की ड्रमार्फत जित्ने अवसरसमेत पाउनेछन्।

उद्देश्य विद्यार्थी तथा अभिभावकलाई स्वदेशी तथा विदेशी शिक्षासम्बन्धी अवसरबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनु रहेको बताएको छ । गण्डकी प्रदेशकै ठूलो शैक्षिक महोत्सवका रूपमा प्रस्तुत हुने बताइएको छ। लामो समयदेखि स्थगित हुँदै आएको यो शैक्षिक मेला यसपटक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाको अनुमति लिएर पुनः सञ्चालनमा आउन लागेको हो।

ईक्यान कास्कीका अध्यक्ष ओम प्रकाश गैह्नेका अनुसार आजको परिवेश ग्लोबल भिलेजतर्फ उन्मुख भएकाले नेपाली विद्यार्थीले चाहेको विषय संसारका जुनसुकै कुनामा रहेका कलेज वा विश्वविद्यालयमा अध्ययन गर्ने अधिकार पाउनु स्वाभाविक हो। उनले परामर्शलाई विद्यार्थीको अधिकारका रूपमा व्याख्या गर्दै नेपाली शैक्षिक व्यवसायीहरूले लामो समयदेखि यो अभ्यासलाई अघि बढाइरहेको उल्लेख गरे।

हाल संघसँग आवद्ध ६४ शैक्षिक परामर्श संस्था सक्रिय रूपमा कार्यरत छन् भन्ने जानकारी दिँदै कार्यक्रम संयोजक तथा ईक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले यी संस्थाले स्वदेशी तथा विदेशी शिक्षा प्रणाली, छात्रवृत्ति र भविष्यका अवसरबारे विद्यार्थीलाई निरन्तर परामर्श दिँदै आएको बताए। मेलाले यस अभ्यासलाई अझ संस्थागत बनाउन मद्दत गर्ने विश्वास पनि उनले व्यक्त गरे।

यसपटकको मेलामा टाइम्स एजुकेशनल Presenter को भूमिकामा, ब्रिटिश काउन्सिल In Association with का रूपमा, र बेलायतका University of Worcester तथा York St. John University Powered by को रूपमा सहभागी भएका छन्। Platinum Sponsor मा ग्रेस इन्टरनेशनल, Gold Sponsor मा चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेशन, IIE, मोनारो हायर एजुकेशन, द लायन इन्स्टिच्युट र सिड्नी स्कुल अफ बिजनेस एन्ड टेक्नोलोजी (SSBT) रहेका छन्। मेलाको Banking Partner एनएमबी बैंक बनेको छ।

हाल मुलुकभर ईक्यानसँग करिब ७२० परामर्श संस्था आबद्ध रहेका छन्। कार्यक्रम सञ्चालन ईक्यानका सचिव सुरेन्द्र बरालले गरेका थिए।

वडा नं २६
Sadak 1
पुल सेन्टर