सुचना१
हेमाजा हिले महोत्सव

अखिल नेपाल खेलकुद महासंघ कास्कीको नयाँ नेतृत्वमा सुवेदी

पोखरा । अखिल नेपाल खेलकुद महासंघ कास्कीको तेस्रो जिल्ला सम्मेलन पोखरामा सम्पन्न भएको छ । सम्मेलनले वामदेव सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नव–निर्वाचित समितिमा उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा सोयम्भु कुँवर, सहसचिवमा मेनुका अधिकारी र कोषाध्यक्षमा सुनील रावल रहेका छन् । त्यस्तै सदस्यतामा दिनेश नेपाली, सासोक्त हमाल, दया अधिकारी, झकबहादुर पुन, सुबा पुन, सुजल कुँवर, दीपेश सुवेदी, अभिषेक सुवेदी, सुशान्त नेपाली, कृष्ण श्रेष्ठ, हेमन्त भण्डारी, नवराज पराजुली, विपिन पोखरेल र विष्णुप्रसाद सुवेदी चयन भएका छन् ।

सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज नेत्रनाथ अधिकारीले गरेका थिए । यसै अवसरमा गणतान्त्रिक खेलकुद महासंघका संस्थापक उपाध्यक्ष नराज बहादुर खड्काले नयाँ नेतृत्वले खेलकुदका विविध पक्षलाई समेट्दै सबैलाई अघि बढाउन सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन् ।

कार्यक्रममा पार्टीका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, प्रदेश सदस्यहरू भोजराज पौडेल, अमरदीप पराजुली, बलराम सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

वडा नं २६
Sadak 1
पुल सेन्टर