newa srijana

पुतलीबजारमा बिजुलीको करेन्ट लागेर युवकको मृत्यु

पोखरा। स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १ का २५ वर्षीय अरुण कुमार चौधरीको बुधबार व्यवसायिक काम गर्दै गर्दा बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ।

World link net

स्थानीय प्रहरीका अनुसार चौधरी पुतलीबजार नगरपालिका वडा नम्बर ९, कोल्मा स्थित नेटको कामका लागि पोलमा आलुमिनियमको भर्याङ राखेर काम गरिरहेका थिए। कामको क्रममा भर्याङले बिजुलीको तारसँग छुने भएपछि करेन्ट लागेर उनी घाइते भएका थिए। तत्काल उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लगिएकी चौधरीको अस्पतालमा डाक्टरले मृत्युको घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर