सुचना१
हेमाजा हिले महोत्सव

मोटरसाइकल विवादबाट सुरु भएको ग्याङ फाइटमा युवाको मृत्यु

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका–७ केबेरेभन्ज्याङमा गएराति भएको ग्याङ फाइटमा एक युवाले ज्यान गुमाएका छन् । वालिङ–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार राति करिब ११ बजे मोटरसाइकल ठूलो आवाज गर्दै चलाएको विषयलाई लिएर स्थानीय समूह र चापाकोटबाट आएका समूहबीच झडप भएको थियो । विवाद चर्किँदा हाताहात र कुटपिटसम्म पुगेको घटनामा थापा गम्भीर घाइते भएका थिए । उनलाई प्रहरीको टोलीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि गण्डकी मेडिकल कलेज पोखरा पुर्‍याएको थियो तर चिकित्सकले राति मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले संलग्नहरूको खोजी तीव्र बनाएको छ । हालसम्म हरिनास गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाहीलाई नियन्त्रणमा लिइएको छ । दुवैलाई आज बिहान करिब ९ बजे पक्राउ गरी वडा प्रहरी कार्यालय वालिङमा राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र पक्राउ प्रक्रिया जारी छ । प्रारम्भिक अनुसन्धानअनुसार बाहुनडाँडामा भएको दुई समूहबीचको ग्याङ फाइटकै क्रममा थापाको ज्यान गएको हो ।प्रहरीले यस घटनाबारे थप अनुसन्धानलाई अगाडि बढाइरहेको छ ।

वडा नं २६
Sadak 1
पुल सेन्टर