newa srijana

स्याङ्जामा बोलेरो जीप दुर्घटना, बिस जना घाइते

पोखरा । स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका–७ आरुखर्कस्थित जिरो–मिर्मी भित्री पक्की सडक खण्डमा बोलेरो जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार दिउँसो करिब १ बजेतिर गल्याङबाट मिर्मी जाँदै गरेको बोलेरो (डबल क्याप) जीप सडकबाट करिब २५ मिटर तल खसेको हो।

World link net

दुर्घटनामा घाइते भएकामध्ये १२ जना महिला, ८ जना पुरुष र २ जना बालबालिका रहेका छन्। उनीहरूलाई तत्काल उद्धार गरी कालिगण्डकी अस्पताल मिर्मी पठाइएको छ। प्रहरीले जनाएको विवरणअनुसार केहीको अवस्था सामान्य भए पनि धेरैमा भित्री चोट लागेका कारण थप उपचार भइरहेको छ।

घटनास्थलमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर