पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा सुकल्याण पराजुली चयन भएका छन् । पराजुली लायन वर्ष २०२५÷२०२६ का लागि अध्यक्षमा चयन भएका हुन् ।
निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनमा २५ औ छात्रवृत्ति वितरण सगै क्लबको पहलमा खाने पानी योजना सम्पन्न भएका ४४ विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।
निर्वाचित अध्यक्ष पराजुलीलाई क्लबका निवर्तमान लायन वर्ष २०२४÷२०२५ का अध्यक्ष गणेशलाल श्रेष्ठले पद हस्तान्तरण गरेका थिए ।
पदभार ग्रहण पछि अध्यक्ष पराजुलीले क्लबले नेपालमा मात्र नभएर बिश्वकै लायन्सहरु माझ एक पृथक परिचय बनाउन सफल भएको बताउदै लायन्सको “हामी सेवा गर्छौ” भन्ने मुल मन्त्रलाई आत्मसाथ गदै आफनो कार्यकालयमा कर्णाली प्रदेशका लायन्स क्लबसंगको भगिनी संबन्ध मार्फत राउटे वस्ती सम्म सेवा पुर्याउने, डिस्ट्रिक्ट गभर्नरको स्थानिय सरकार संग लायन्स भन्ने नारालाई साथ दिदै यस बर्ष गण्डकी क्षेत्रमा बिमा र जोखीम व्यवस्थापनको क्षेत्रमा कृयाशिल रहेका स्थानीयतहहरुलाई बिमा प्राधिकरण गण्डकी प्रदेश र नेपाल बिमा तथा जोखिम व्यवस्थापन संघ संगको सहकार्यमा ससत्तिकरण गर्ने, गण्डकी प्रदेशका पर्यटकिय स्थलका स्थानिय सरकार र व्यवसायीसंगको समन्यवमा होम स्टेका सेवालाई प्रभावकारी बनाउन सहयोग गर्ने लगायतका कार्यक्रमहरु संचालन गर्ने र कार्यक्रम गर्दा सकेसम्म अन्य लायन्स क्लब र लियो क्लबहरुलाई साझेदार बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।
यस अघि क्लबले विभिन्न बिद्यालयहरुमा शुद्ध खानेपानीका लागि टंकी निर्माण देखी काली गण्डकीको कटान रोकथाम सम्मको जोखिम व्यवस्थापन, छात्रबृत्ती वितरण देखी पोशाक वितरण, आँखा लगायत स्वास्थ्यका विभिन्न शिविरहरु संचालन, गण्डकी प्रदेशमा मात्र नभएर क्लबका सदस्यहरुले कर्णाली प्रदेश देखी भारतीय भुमी दार्जलिङ्ग, सिक्किम, कालिन्ङ्गपोङ्ग र बोधगया सम्म पुगेर सेवा गरेको अध्यक्ष पराजुलीले स्मरण गरेका थिए ।
कार्यक्रममा निर्वाचित अध्यक्ष पराजुली र सृर्य बराललाई डिस्ट्रिक्ट ३२५ जेका सचिव पुर्षोतम वस्नेतले डिजी मेडल प्रदान गरेका थियो ।
क्लबका पूर्व अध्यक्ष, छात्रवृत्ति वितरण एंव टंकी निर्माण कार्यक्रमका संयोजक सोनाम साङपोका अनुसार कार्यक्रममा कक्षा १ देखि स्नातक तहसम्म अध्य्यन गर्ने २४ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी १५ देखि ७५ हजार गरेर सात लाख २७ हजार पाँच सय रुपैया छात्रवृत्ति वितरण गरेको जानकारी दिए । ७० प्रतिशत विद्यार्थीहरुमा दूषित पानीका कारण स्वास्थ्यसम्बन्धी समस्या देखिएको पाएपछि विभिन्न दाताहरुको सहयोगमा खानेपानी टंकी निमार्ण गरेको र निमार्ण सम्पन्न गरेका ४४ विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको उनले जानकारी दिए । क्लबले प्रति विद्यालय टंकी निमार्णको लागि दुई लाख सहयोग गरेको साङपोले जानकारी दिए । क्लबले हालसम्म ५६ वटा टंकी निर्माण गरेको उनले जानकारी दिए ।
नयाँ समितिलाई पदस्थापन कार्यक्रमका प्रमुख अतिथी मल्टिपल डिस्ट्रिक्ट काउन्सिल चेयर पर्सन मिलन थापा एंव फस्ट पर्सन पुर्व गभर्नर ध्रुव थापा, पदस्थापन अधिकृत तथा डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, मल्टिपल कोअर्डिनेटर पुर्व गभर्नर लायन योगेन्द्र प्रधान, यु, डिस्ट्रिक्ट ३२५ जे नेपालका भाईस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापती बास्तोला, डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का प्रमुख तथा क्लबका पुर्व अध्यक्ष तथा पदस्थापन कार्यक्रमका संयोजक लायन दिनेश तुलाचन, चिप एडभाईजर कृष्ण प्रसाद शर्मा, सम्मानीत प्रधानाध्यापक स्याङजा फेदिखोलस्थित चण्डीका माविका अमृत शेरचन, छात्रवृत्ती पाएकी विद्यार्थी लमजुङकी कल्पना क्षेत्री लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
