newa srijana

बि–१३ युकेद्वारा मृगौला रोगीलाई सहयोग

पोखरा । बेलायतस्थित बि–१३ युकेले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको फुटबल प्रतियोगिताबाट संकलित रकम मृगौला रोगीलाई सहयोग गरेको छ।

पोखरा–१३ बाझापाटनको युकेस्थित क्लबले मृगौला रोगी क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो। बुधबार बाझापाटनमा आयोजित कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष हिकमत गुरुङले जानकारी दिए।

सिटीजन फनिच्रर

अध्यक्ष गुरुङले रोजगारका शिलशिलामा विदेशमा रहँदा पनि आफ्ना ठाउँ र क्लबलाई नबिर्सी सामाजिक कार्यमा संलग्न बि–१३ परिवारलाई धन्यवाद व्यक्त गरे। उनका अनुसार युकेस्थित सदस्यहरूले पटक–पटक पोखरामा खेलकुददेखि सामाजिक गतिविधिसम्मका कार्यक्रममा निरन्तर सहयोग गर्दै आएका छन्।

Mountain run pokhara click

बि–१३ युकेले गत अगस्ट २ मा आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा नवौँ संस्करणको फुटबल प्रतियोगिता आयोजना गरेको थियो। हाम्रो मोर्गेजेज र रेड प्रोट एकाउन्टिङको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा खुला तर्फ २० टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको खुला तर्फको उपाधि झापा फुटबल क्लबले जितेको थियो भने वासिङकोट युथ नेप्लिज कम्युनिटी दोस्रो स्थानमा आएको थियो। यस्तै, भेटरान्स तर्फ धरान ११ पहिलो र प्लुमेस्टेड भिआइटी दोस्रो स्थानमा रहेका थिए।

Rabin photo