सुचना१
हेमाजा हिले महोत्सव

खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले भदौ २६ गते सातौं साधारण सभा गर्ने भएको छ । बिहीबार बसेको मञ्चको २१औं बैठकले उक्त निर्णय गरेको हो ।

साधारण सभामा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गर्ने तयारी छ । साथै, खेल पत्रकारको क्षमता अभिवृद्धिका उद्देश्यले भदौ २७ गते विशेष तालिम समेत सञ्चालन गरिने अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिएका छन् ।

हाल गण्डकी प्रदेशमा कार्यरत ७४ जना खेल पत्रकार मञ्चमा आवद्ध छन् । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था मानिने मञ्च २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिबाट दर्ता गरी प्रदेश संरचनामा अघि बढाइएको हो ।

यसअघि २०५८ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको अवस्थामा मञ्च कास्कीमा सक्रिय रहँदै आएको थियो । त्यसको विस्तारित रुपमै मञ्च अहिले गण्डकी प्रदेशस्तरको संरचनामा पुगेको हो ।

वडा नं २६
Sadak 1
पुल सेन्टर