सुचना१
हेमाजा हिले महोत्सव

एभरेष्ट महिला भलिबल लिग : काठमाडौंको पहिलो जित, मधेश दोस्रो पटक पराजित

पोखरा । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) अन्तर्गत आइतबार काठमाडौं स्पाईकर्सले पहिलो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ को सेटमा पराजित गर्‍यो ।

खेलको पहिलो सेट कडा प्रतिस्पर्धामाझ काठमाडौंले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भने मधेशले लय फिर्ता ल्याउँदै २५–२३ ले बराबरी गर्न सफल भयो । तर तेस्रो सेटदेखि काठमाडौंले आक्रामक खेल प्रस्तुत गर्दै २५–२३ र चौथो सेट २५–१९ ले जित्दै लिगमा आफ्नो पहिलो जित दर्ता गर्‍यो ।

दुवै टोलीले लिगको पहिलो खेलमा ललितपुर क्विन्ससँग हार बेहोरेका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराउँदै आत्मविश्वास बढाएको थियो तर तेस्रो खेलमा लगातार लय कायम राख्न सकेन ।

लिगको आजै हुने दोस्रो खेलमा पोखरा निन्जाज र लुम्बिनी लाभाज आमनेसामने हुँदैछन् । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी प्रतियोगिता भदौ २८ गतेसम्म पोखरामा निरन्तर सञ्चालन हुनेछ ।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर