सुचना१
हेमाजा हिले महोत्सव

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, सयौं घाइते उपचाररत

पोखरा  । सोमबार भएको जेनजीहरूको विरोध प्रदर्शन प्रचण्ड हिंसात्मक रूप लिँदा मृतकको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन्।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार राजधानीसहितका ठूला अस्पतालहरूमा मृतक तथा घाइतेको संख्या क्रमशः बढ्दै गएको छ। काठमाडौंको सिभिल अस्पतालमा ३ जनाले ज्यान गुमाएका छन् भने राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसीमा २, त्रिवि शिक्षण अस्पतालमा १ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ।

देशभरका स्वास्थ्य संस्थामा उपचाररत घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। आकस्मिक कक्षमा चाप बढेसँगै चिकित्सक र स्वास्थ्यकर्मी दिनरात खटिएका छन्।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर