newa srijana

पोखरा महानगर कार्यालयमा आगजनी, स्थिति तनावग्रस्त

पोखरा । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा सोमबार दिउँसो पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी भएको छ।सुरुवाती

चरणमा प्रदर्शनकारीहरूले नाराबाजी र ढुंगामुढा गरेका थिए। तर परिस्थिति उग्रिँदै जाँदा उनीहरू कार्यालय परिसरभित्र छिरेर तोडफोडपछि आगजनीसम्म पुगेका हुन्। आगलागीले कार्यालय भवनभित्रबाट बाक्लो धुवाँ निस्किरहेको दृश्य स्थानीयहरूले देखेका छन्।

World link net

उक्त घटनापछि सुरक्षाकर्मीहरूलाई ठूलो संख्यामा परिचालन गरिएको छ। साथै, आगो नियन्त्रणका लागि दमकल टोलीलाई समेत खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

हालसम्म मानवीय क्षति वा भौतिक नोक्सानीको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ। प्रशासनले भने घटनास्थल वरिपरि कडा सुरक्षा घेराबन्दी गर्दै थप अप्रिय घटना रोक्न सतर्कता अपनाएको छ।

सिटीजन फनिच्रर