newa srijana

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए

पोखरा । देशभरि भइरहेको जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीको सचिवालयले जारी गरेको जानकारी अनुसार, राजीनामा पत्र राष्ट्रपतिसमक्ष शीतल निवासमार्फत पुगिसकेको छ।

World link net

प्रधानमन्त्री ओलीले राजीनामा पत्रमा उल्लेख गरेका छन्, “मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

सिटीजन फनिच्रर