सुचना१
हेमाजा हिले महोत्सव

सुशीला कार्की प्रधानमन्त्री नियुक्त, बेलुकी ९ बजे शपथ

पोखरा । राजनीतिक संकट चर्किंदै गएको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपतिका सचिवालयका अनुसार कार्कीको शपथ ग्रहण कार्यक्रम आज बेलुकी ९ बजे शीतलनिवासमा हुने तयारी गरिएको छ।

यसअघि राष्ट्रपति पौडेल प्रतिनिधिसभा विघटन गरेर मात्रै नयाँ सरकार गठन गर्ने अडानमा रहेका थिए। तर आन्दोलनको दबाब बढ्दै गएपछि र केही समूहले शीतलनिवास घेर्ने चेतावनीसमेत दिएपछि उनले आफ्नो अडान परिवर्तन गरेको स्रोतले बताएको छ।

दिनभर चलेको उच्चस्तरीय छलफलपछि प्रमुख दलका शीर्ष नेताहरूबीच सहमति बनेपछि कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति सहमत भएका हुन्। प्रतिनिधिसभा विघटनको विकल्पमाथि लामो समय छलफल भए पनि अन्ततः संवैधानिक बाटोमार्फत समाधान खोज्दै कार्कीलाई नेतृत्व दिने निष्कर्ष निकालिएको हो।

कार्की प्रधानमन्त्री बनेपछि अन्तरिम सरकारको स्वरूप र कामकारबाहीबारे दलहरूले विस्तृत खाका प्रस्तुत गर्ने तयारीसमेत भइरहेको बुझिएको छ। शपथ ग्रहणमा गोपनीयताको प्रतिज्ञा गर्ने कार्यक्रम तय गरिएको छ।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनु हालको असामान्य राजनीतिक परिस्थितिमा स्थायित्व खोज्ने प्रयासको रूपमा लिइएको छ। आन्दोलनरत जेन–जेड पुस्ताले उठाएको मागलाई संवैधानिक प्रक्रियामार्फत सम्बोधन गर्ने सहमति बनेसँगै कार्कीको नेतृत्वलाई थप बल पुगेको देखिन्छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर