सुचना१
हेमाजा हिले महोत्सव

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

पोखरा । लामो राजनीतिक रस्साकस्सीपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्ततः अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बेलुकी शीतल निवासमा उनलाई पद तथा गोपनीयताको शपथ गराए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारी तथा कूटनीतिज्ञहरुको उपस्थिति थियो। समारोहमा सहभागी भएकाले यसलाई मुलुकको संवैधानिक र राजनीतिक संक्रमणकालीन यात्रामा एउटा महत्वपूर्ण क्षणका रूपमा व्याख्या गरेका छन्।

प्रधानमन्त्री कार्कीले तत्काल सबै मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने घोषणा गरेकी छन्। शनिबारभित्र मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको स्रोतले जनाएको छ। यसले सरकारको प्रारम्भिक कामकाजलाई सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रपतिले संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित अधिकार प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिको जिम्मेवारी नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण प्रमुख कर्तव्य हुने स्पष्ट उल्लेख छ। यही संवैधानिक व्यवस्थाअनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले शपथ ग्रहण समारोहमै प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

वडा नं २६
Sadak 1
पुल सेन्टर