newa srijana

एभरेस्ट महिला भलिबल लिग : बीचमा रोकिएका सात खेलको मिति छिट्टै तय हुने

पोखरा । पोखरामा जारी पहिलो संस्करणकै चर्चित मानिएको वात्सल्य एभरेस्ट महिला भलिबल लिग जेन–जीको आन्दोलनका कारण बीचमै रोकिएको छ। आयोजकले बाँकी खेलका लागि नयाँ तालिका चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ।

भदौ २० गतेदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु भएको लिग भदौ २४ गते स्थगित गरिएको हो। कुल १६ खेलमध्ये नौ खेल सकिएको र बाँकी सात खेल अझै खेलिन बाँकी रहेको आयोजक इन्फिनिटी ड्रीम्स प्रालिले जनाएको छ। बाँकी खेल सञ्चालनका लागि नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकसँग छलफल गरेर नयाँ तालिका तय गरिने र खेल पुनः सुरु गर्दा सुरक्षा र उपयुक्ततालाई पहिलो प्राथमिकतामा राखिने जानकारी दिइएको छ।

सिटीजन फनिच्रर

लिगमा स्वदेशी खेलाडीसँगै विदेशी खेलाडीहरूको समेत आकर्षक सहभागिता थियो। प्रत्येक टिममा तीन जना विदेशी खेलाडी रहने गरी थाइल्याण्डबाट पाँच, नेदरल्याण्डबाट तीन, ब्राजिल र रुसबाट दुई–दुई जना, तथा क्रोएसिया, अमेरिका, बुल्गेरिया, कीर्गिस्तान, रोमानिया र ग्रीसबाट एक–एक खेलाडी सहभागी भएका थिए। हालसम्म सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोलीलाई सुरक्षित रूपमा घर फर्काइएको आयोजकले जनाएको छ।

Mountain run pokhara click

चार दिनमा सम्पन्न नौ खेलपछि अंकतालिकामा ललितपुर क्विन्स र कर्णाली यशविस अपराजित रहँदै नौ–नौ अंकसहित शीर्ष स्थानमा छन्। सेटको आधारमा ललितपुर क्विन्स अग्रस्थानमा रहँदा कर्णाली दोस्रो स्थानमा छ। यसैगरी मधेस युनाइटेड, काठमाडौं स्पाइकर्स र लुम्बिनी लाभा समान तीन–तीन अंकसहित क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्। घरेलु टोली पोखरा निन्जाज भने तीनै खेलमा हार बेहोर्दै शून्य अंकसहित पुछारमा पुगेको छ। बाँकी दुई खेल मात्र रहँदा लुम्बिनी र पोखराले उपाधि भिडन्तमा पुग्ने सम्भावना गुमाइसकेका छन्।

आन्दोलनका कारण आकस्मिक रूपमा रोकिएको भए पनि आयोजकले प्रतियोगिता चाँडै निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Rabin photo