newa srijana

राष्ट्रपति कार्यालयमा मन्त्री खनाल, घिसिङ र अर्यालले लिए शपथ

पोखरा । राष्ट्रपति कार्यालयमा सोमबार तीन जना नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा मन्त्रीहरुलाई शपथ गराएका हुन्।

World link net

अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वसचिव रामेश्वर प्रसाद खनालले पाएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाईसँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको नेतृत्व कुलमान घिसिङले गर्ने भएका छन्। यस्तै, ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी दिइएको छ।

शपथ समारोहमा सरकारी निकायका प्रमुखहरु, संवैधानिक निकायका प्रतिनिधिहरु र कूटनीतिक नियोगका प्रमुखहरु उपस्थित थिए। नवनियुक्त मन्त्रीहरुलाई बहुमुखी जिम्मेवारी दिइएको भन्दै प्रधानमन्त्री कार्कीले प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा व्यक्त गरेकी छन्।

 

सिटीजन फनिच्रर