सुचना१
हेमाजा हिले महोत्सव

तयारीविना आयोजना खारेज, फजुल खर्च नियन्त्रण : अर्थमन्त्री खनाल

पोखरा । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार सम्हालेका छन्। कार्यभार सम्हाल्दै उनले तयारीविना अघि बढाइएका टुक्रे आयोजना खारेज गर्ने र फजुल खर्च नियन्त्रण गर्ने प्राथमिकता अपनाउने स्पष्ट पारे।

उनले आफ्नो अध्यक्षतामा गठन भएको अर्थतन्त्र सुधार सुझाव समितिले दिएको सिफारिसलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे। मन्त्रालयमा कर्मचारीहरूसँगको पहिलो बैठकमा उनले “योजना बिना सुरु गरिएका टुक्रे आयोजना तत्काल खारेज हुन्छन्, संसाधनलाई प्राथमिकता अनुसार मात्र प्रयोग गरिनेछ” भने।

जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा पुगेको क्षतिको उल्लेख गर्दै उनले छिट्टै भग्नावशेष हटाएर भित्तामा रंगरोगन गर्नुपर्ने बताए। उनले भने, “कालो लागेको भित्तालाई फेरि रंग गरौं, अर्थ मन्त्रालयबाटै ‘विनाशबाट उठ्यौँ’ भन्ने सन्देश दिन जरुरी छ।” साथै सार्वजनिक सम्पत्तिको बीमा नभएको र निजी सवारीमा भएको क्षतिको दायित्व बीमाबाट पूर्ति हुने जानकारी दिए।

खनालले यो सरकार कामचलाउ भएकाले नयाँ सवारी साधन खरिद नगरी कवाडी बिक्री गर्नुपर्ने र पुनर्निर्माण तत्काल सुरु गरेर केही महिनाभित्रै असर देखाउनुपर्छ भन्ने जोड दिए।

नयाँ निर्माण तथा बजेट कार्यक्रमका लागि स्रोत जुटाउन उनले बजेटमा रहेका आयोजना फिल्टर गर्ने तयारी पनि थालेका छन्। बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरी आयोजनाको प्राथमिकता तय गर्ने र आवश्यक कटौती गर्ने जिम्मेवारी दिएका छन्।

वडा नं २६
Sadak 1
पुल सेन्टर