सुचना१

लि-बर्डको ३१औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न

पोखरा । जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-बर्ड) को ३१औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

सभामा कार्यकारी निर्देशक भरत भण्डारीले संस्थाको हालको अवस्था, उल्लेखनीय पहल तथा प्राप्त उपलब्धीबारे जानकारी गराए । उनले आन्तरिक तथा बाह्य वातावरणमा देखिएका चुनौतीहरूको उल्लेख गर्दै वर्तमान अवस्थामा नीतिगत पैरवीलाई अनिवार्य मानिएको बताए । गैरसरकारी संस्था महासंघको भूमिकालाई पनि उनले अत्यावश्यक रहेको स्पष्ट पारे ।

त्यसैगरी, सामाजिक लेखा परिक्षक प्रसिद्ध नेउपानेले सिन्धुली, सिन्धुपाल्चोक र कास्कीमा लि-बर्डले सञ्चालन गरेका कार्यक्रमहरूको फिल्ड अन्तर्क्रिया र मूल्याङ्कनका आधारमा सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुतिपछि आएका जिज्ञासाहरुलाई कार्यकारी निर्देशक भण्डारी र बोर्ड अध्यक्ष डा. प्रताप कुमार श्रेष्ठले सम्बोधन गर्दै संस्थाको भावी रणनीति र चुनौतीबारे थप प्रष्ट्याए ।

कोषाध्यक्ष रामकली खड्काले संस्थाको आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पेश गरिन्, जसलाई सभाले अनुमोदन गर्यो । त्यस्तै, बोर्डका सचिव बेनीबहादुर बस्नेतले वार्षिक प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए, जसलाई पनि सर्वसम्मतिले अनुमोदन गरिएको थियो ।

सभामा संस्थागत कोषको वृद्धिका लागि भुवन रत्न स्थापितको स्मृतिमा स्थापना गरिएको कृषि जैविक विविधता कोष र स्थानीय अन्वेषण कोषबारे जानकारी दिइयो । अध्यक्ष डा. श्रेष्ठले लि-बर्डले अब परम्परागत दातृ निकायमा मात्र निर्भर नभई आफ्नै पहिचानअनुरूप सहभागीमूलक अनुसन्धान र दीर्घकालीन विकासका लागि नयाँ ढंगले कोष संकलन गर्ने आवश्यकता औंल्याए । उनले यसका लागि सम्पूर्ण सदस्यहरूको सहयोग र सक्रिय सहभागिता अनिवार्य रहेको भन्दै आह्वानसमेत गरे ।

कार्यक्रम कार्यकारिणी बोर्डका अध्यक्ष डा. श्रेष्ठको अध्यक्षतामा भएको थियो । कोषाध्यक्ष खड्काले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव बस्नेतले सञ्चालन गरेका थिए । सभामा यस वर्ष नयाँ सदस्यता पाएका सदस्यहरूको परिचय गराइएको थियो ।

सभा समापन गर्दै अध्यक्ष डा. श्रेष्ठले सहभागी सदस्य, कर्मचारी, साझेदार संस्था र दातृ निकायलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा संस्थापक सदस्य, साधारण सदस्य, कार्यकारिणी बोर्डका पदाधिकारी तथा कार्यसमितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वडा नं २६
Sadak 1
पुल सेन्टर