सुचना१

पत्रकार रिखीराम जिसीलाई मातृशोक

पोखरा । प्यूठान नगरपालिका–२ आरनेटा निवासी लक्ष्मीदेवी जिसीको ५९ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निधन भएको छ । केही समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएकी उनलाई परिवारका सदस्यले अन्तिमसम्म उपचार गराइरहेका थिए ।

लक्ष्मीदेवीका श्रीमान्, तीन छोरामध्ये रिखीराम, पदम र भोजराज तथा तीन छोरी छन् । परिवारको आधारस्तम्भका रूपमा उनी सधैं सक्रिय र समर्पित जीवनयापन गर्ने महिलाका रूपमा चिनिन्थिन् ।

उनीका छोरा रिखीराम जिसी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य हुन् साथै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिति सदस्यसमेत रहेका उनले हाल नेपालप्रेस र पब्लिक 4K टेलिभिजनका लागि गण्डकी प्रदेश संवाददाता भएर पोखरामा सक्रिय पत्रकारिता गर्दै आएका छन् ।

वडा नं २६
Sadak 1
पुल सेन्टर