सुचना१

मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही छिरिङ डिकी

पोखरा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ डिकी लामाले मनास्लुको शिखर सफलतापूर्वक आरोहण गरेकी छन्। आठ हजार एक सय तिरेसठी मिटर अग्लो हिमाल आरोहण गर्ने उनी नेपालकै कान्छी आरोही बनेकी हुन्।

छिरिङ सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी थिइन्। करिब २९ घण्टापछि मंगलबार बिहान १०ः५० बजे उनले शिखरमा पाइला टेक्न सफल भएकी हुन्। पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत उनी आरोहणमा निस्केकी थिइन्।

मनास्लु आरोहण गर्दै छिरिङ डिकी

गाउँमै घरायसी काम गर्दै आएकी छिरिङ पर्वतीय जीवनशैलीमा हुर्किएकी किशोरी हुन् तर साहसिक यात्रा र कठिन चुनौतीको सामना गर्न उनी अन्य युवतीहरूको लागि प्रेरणाको स्रोत बनेकी छन्।

यसअघि सामागाउँकै डिकील्हामु, मिङ्मार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन्। तर कान्छी उमेरमै शिखर चुम्ने नेपाली आरोहीको रूपमा छिरिङ पहिलो बनेकी हुन्। नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया विदेशी युवतीले मनास्लु चुमेकी थिइन्, तर नेपाली आरोहीमध्ये भने छिरिङ नै कान्छी हुन्।

वडा नं २६
Sadak 1
पुल सेन्टर