पोखरा । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक हिजो दिउँसो गएको ठूलो पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ। यसले यात्रुहरूको दैनिक यात्रा प्रभावित भएको छ।
सडक डिभिजन भरतपुरले दिएको जानकारीअनुसार, सडक अवरुद्ध भएको कारण वैकल्पिक मार्ग साना तथा मझौला सवारीका लागि उपयुक्त रहेको बताइएको छ। पहिरो हटाउने कार्यमा तीव्रता दिइएको भए पनि मौसम र भूगोलको जटिलताका कारण आज दिनभर लाग्ने अनुमान गरिएको छ।
जिल्ला प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। विशेषगरी गैँडाकोट–बुलिङटार–डेँडगाउँ–मानपुर–भिमाद हुँदै पोखरासम्मको मार्ग साना तथा मझौला सवारीका लागि उपयुक्त रहेको बताइएको छ।
वैकल्पिक मार्गको दूरी यस प्रकार छ: मुग्लिनदेखि खैरनीटार ७० किमि, खैरनीटारदेखि भीमाद कालोपत्र ७ किमि, भीमाददेखि मानपुर कच्चीसडक ३५ किमि, मानपुरदेखि डेँडगाउँ कालोपत्र ४० किमि, र डेँडगाउँदेखि नारायणगढ ७० किमि।
सडक अवरुद्धतासम्बन्धी थप जानकारी र सहयोगका लागि सम्बन्धित निकायहरूसँग सम्पर्क गर्न सकिन्छ:
• जिल्ला प्रहरी कार्यालय चितवन: ९८५५०१३९९९
• जिल्ला प्रशासन कार्यालय चितवन: ९८५५०९२२००
• सडक डिभिजन भरतपुर: ९८५५०९२२१८
