सुचना१

च्याङ्ग्रा बोकेको गाडीको ठक्करले सासुको घटनास्थलमै मृत्यु, बुहारी घाइते

पोखरा । विन्ध्यवासिनी नजिकै आज बिहान च्याङ्ग्रा बोकेको सानो गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्की घाइते भएकी छिन्।

पोखरा महानगरपालिका वडा नम्बर २ विन्ध्यवासिनी मन्दिरको चोकमा ग१६प २६३ नम्बरको स्कुटरलाई ग२च ३३२३ नम्बरको भ्यानले ठक्कर दिंदा सासुको निधन भएको हो भने बुहारी घाइते भएकी हुन्।

दुर्घटनामा परेर स्कुटरको पछाडी बस्ने पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँगाउँस्थित एसओएस स्कुल नजिक बस्ने ६३ कि दुर्गादेवी बास्तोलाको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।

दुर्घटनामा घाइते भएकी स्कुटर चालक समेत रहेकी मृतक दुर्गा देबी बास्तोलाकी बुहारी ४३ वर्षीया गोमादेबी बास्तोलाको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी अपराह्न पोखराको छोरेपाटन क्षेत्रमा भएको अर्को सडक दुर्घटनामा पनि एक जनाको मृत्यु भएको छ। मृतकको परिचय खुलिसकेको छैन भने विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

दुवै दुर्घटनाका चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर