पोखरा । नारायणघाट–बुटवल सडकखण्डमा पर्ने दाउन्ने लगायतका क्षेत्रमा गएरातिदेखि सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। निरन्तर पानी परिरहे पनि शनिबार बिहानसम्म सवारी–साधन भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्। हालसम्म सडक अवरुद्ध भएको कुनै जानकारी प्राप्त भएको छैन।
मौसम पूर्वानुमान अनुसार आज र भोलि यस क्षेत्रमा भारी वर्षा हुने सम्भावना भएकाले यात्रुहरुलाई विशेष सतर्क रहन आह्वान गरिएको छ। विशेषगरी दाउन्ने खण्डमा पहिरो तथा अन्य जोखिम बढ्ने भएकाले यात्रापूर्व सडकको वास्तविक अवस्थाबारे जानकारी लिन अनुरोध गरिएको हो।
यात्रुहरूले आवश्यक परेमा सम्बन्धित अधिकारीसँग सम्पर्क गरेर तत्कालीन अवस्थाबारे जानकारी लिन सक्नेछन्। यसका लागि योजनाका सूचना अधिकारी ९८५५०२७८२०, इञ्जिनियर ज्योति बोहरा ९८६९७९३१२९, र इञ्जिनियर जयराम ९८४२११४३१८ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
