सुचना१

अविरल वर्षाले जनजीवन प्रभावित, सरकारले दुई दिन थप सार्वजनिक बिदा दिने निर्णय

पोखरा । लगातारको अविरल वर्षा र देशभर देखिएको प्रतिकूल मौसमका कारण सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि दसैंको नियमित बिदा शुक्रबार सकिएको भए पनि असहज परिस्थितिलाई मध्यनजर गर्दै आकस्मिक रूपमा थप बिदा दिनुपर्ने भएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार अविरल वर्षाका कारण देशभर आवतजावत असहज भएको छ। कतिपय ठाउँमा सडक र पुल बगाएर यातायात अवरुद्ध भएको बाढी–पहिरोका कारण जनजीवन सामान्य अवस्थामा फर्किन नसकेको देखिएको र नागरिकलाई जोखिममा पार्ने अवस्था बनेकाले सरकारले आकस्मिक निर्णय लिनुपरेको हो।

सरकारको निर्णयअनुसार आइतबार र सोमबार अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय बन्द रहनेछन्। अस्पताल, सुरक्षानिकाय, विद्युत्, पानी, सञ्चार र उद्धारसँग सम्बन्धित सेवा भने यथावत सञ्चालन हुने बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेशका विभिन्न स्थानमा अझै कम्तीमा दुई दिनसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। लगातारको वर्षाले सडक अवरुद्ध हुँदा दुर्गम जिल्लामा आपूर्ति व्यवस्थापनमा पनि समस्या देखिएको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर