newa srijana

नेपालले जित्यो मलेसियाविरुद्ध टी–२० आई सिरिज

पोखरा । मलेसियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले जितेको छ। पाँच खेलको सिरिजमा नेपालले निर्णायक खेलमा ५ विकेटले जित हासिल गर्दै समग्र नतिजा ३–२ ले आफ्नो पक्षमा पारेको हो।

सिटीजन फनिच्रर

निर्णायक खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघामले ४० रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएकी थिइन्। नेपालका बलर कविता कुँवर र राजमती ऐरीले ३–३ विकेट लिएर विपक्षी टोलीलाई दबाबमा राखेका थिए।

जवाफमा नेपालले १०४ रनको लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। ओपनर रुबी पोदारले २६ रन बनाउँदै जितको आधार तयार पारेकी थिइन्। अन्य खेलाडीहरूको सन्तुलित प्रदर्शनले पनि टोलीलाई विजयी बनाएको थियो।

अनिल multipurpose
आहा रारा
वडा नं २६