newa srijana

सशस्त्र प्रहरी निरीक्षक र जवानविरुद्ध घुस प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर

पोखरा । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगाँव, कोटहीमाई गाउँपालिका–५ मा कार्यरत प्रहरी कर्मचारीहरूले सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीले भारतबाट भन्सार छली ल्याइने कपडा तथा किराना सामान प्रवेश गराउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

World link net

अनुसन्धानका क्रममा खत्रीले एक्लै होइन, सो आउटपोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसँग मिलेर योजनाबद्धरूपमा उक्त घुस मागेको प्रमाण फेला परेको आयोगले जनाएको छ। दुर्गौलिया नाकाबाट सामान ल्याउने क्रममा सेवाग्राहीसँग रकम मागी उक्त घुस खत्रीमार्फत लिइएको देखिएको हो।

अख्तियारले दुवै प्रतिवादी ढकाल र खत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम भ्रष्टाचारको कसुर दर्ता गरी १५ हजार रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको सजाय मागदाबी गरिएको उल्लेख गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार अनुसन्धान पूरा भएपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

 

सिटीजन फनिच्रर