newa srijana

दीपशिखा पुस्तकालयमा ‘टेक एज युथ’ परियोजना सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा ‘टेक एज युथ’ परियोजना सुरु भएको छ। रिड नेपाल अन्तर्गत सञ्चालन हुने उक्त परियोजना र दीपशिखा सामुदायिक पुस्तकालयबीच दुई महिना अघि परियोजना अघि बढाउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रमका बीच पुस्तकालय अध्यक्ष कृष्णहरि भण्डारी, वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, रिड नेपालका व्यवस्थापन समिति सचिव, मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्मा र यादव भट्टराइले परियोजनाको लोगो अङ्कित टिसर्ट प्रशिक्षार्थीहरूलाई हस्तान्तरण गरी औपचारिक रूपमा कार्यक्रम सुरु गरेका हुन्।

सम्झौताको अनुसार परियोजनाबाट लक्षित समुदायका विभिन्न चार विद्यालयका पिछडिएका, प्रविधिको पहुँच नपुगेका १३ देखि २२ वर्षका किशोरकिशोरी तथा फरक क्षमता भएका विद्यार्थीहरू समेटिने छन्। परियोजना अन्तर्गत प्रत्यक्ष रूपमा ५५ जना लाभान्वित हुनेछन्।

सिटीजन फनिच्रर

कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेलले सहभागीहरूलाई स्वागत गरेकी थिइन्। सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवं पुस्तकालय कोषाध्यक्ष माधव भण्डारीले पुस्तकालयका गतिविधि र भविष्यका योजनाबारे प्रकाश पारे।

आठ लाख रुपैयाँ खर्च हुने ‘टेक एज युथ’ कार्यक्रमका लागि परियोजनाले चार लाख रुपैयाँ व्यवस्था गर्ने छ भने बाँकी चार लाख रुपैयाँ पुस्तकालयले व्यावस्था गर्ने कार्यक्रम संयोजक एलिसा केसीले जानकारी गराइन्।

कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले गरेका थिए।

अनिल multipurpose
आहा रारा
वडा नं २६