newa srijana

नेपाली ड्राइभर/राइडरलाई मद्रासमा अन्तर्राष्ट्रिय रेसिङको सुनौलो अवसर

पोखरा । नेपाली मोटरसाइकल र कार्ट्स राइडरहरू अब मद्रासको अन्तर्राष्ट्रिय ट्रयाकमा आफ्नो कौशल देखाउने मौका पाउने भएका छन्। अक्टोबर ८–१० तारिखसम्म थाइल्याण्डमा भइरहेको एफआईए एशिया–प्यासिफिक कङ्ग्रेसमा फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डियाका बोर्ड सदस्य विक्की चान्धोकले यो अवसर सार्वजनिक गरेका हुन्।

नासा नेपाल र मद्रास मोटर स्पोर्ट्स क्लब (एमएमएससी) बीच भएको सहकार्यअनुसार, वार्षिक तीन कार्यक्रम—मोटरसाइकल रेस, कार्ट्स रेस र मार्शल प्रशिक्षण—नेपालका १६ युवा राइडर र ड्राइभरका लागि खुला रहनेछ।

World link net

सम्पूर्ण ट्रयाक र मेसिन खर्च एमएमएससीले निःशुल्क उपलब्ध गराउनेछ भने सहभागिता र लाइसेन्सिङको जिम्मेवारी नासा नेपालले लिनेछ।

यो कार्यक्रमले नेपाली ग्रासरुट मोटरस्पोर्ट्सको विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ। सहभागीहरू केवल प्रतिस्पर्धा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र व्यवस्थापन ज्ञान पनि हासिल गर्नेछन्।

सिटीजन फनिच्रर