newa srijana

होटल मिस्टेक माउण्टेन अब पोखरामा

हिली भ्यालीले फ्रेन्चाइजमा सञ्चालन गरेको होटलमा केवलकार, स्वीमिङ पूल, साउना र सम्मेलन हलको सुविधा

पोखरा । हस्पिटालिटि क्षेत्रमा आठ वर्ष देखि उत्कृष्ट सेवा दिदै आएको होटल मिस्टिक माउण्टेनले आफनो सेवा पोखरामा शुरु गरेको छ ।

यस अघि नगरकोटबाट सेवा दिइरहेको होटल मिस्टिक माउण्टेनलाई हिली भ्याली प्रा.लीले फ्रेन्चाइचका रुपमा पर्यटकीय राजधानी पोखरामा ल्याएको हो । फेवाताल छेउमा अवस्थित होटलबाट पोखराका रमाणिय क्षेत्रहरुको दृश्यावलोकन गर्न पाइन्छ । प्राकृतिक हरियाली र स्वच्छ वातावरणमा बस्न चाहाने पाहुनाका लागि होटल उपयुक्त रहेको होटेल मिस्टिक माउण्टेनका सेल्स एण्ड मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले बताउनुभयो । विशेष गरि पोखरा आउने पर्यटकहरु प्रकृति संग रम्न आउने भएकाले त्यसलाई मध्यनजर गर्दै पोखराको सेदीमा होटल संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

World link net

नगरकोटमा उत्कृष्ट सेवा दिदै आएको होटलले पोखरा जस्तोे पहिलो रोजाईको गन्तव्यमा सेवा दिन पाउनु आँफुहरुका लागि खुसी र गौरवको कुरा भएको श्रेष्ठले बताउनुभयो । हजारौँ सन्तुष्ट ग्राहकहरुका लागि अब पोखरामा पनि होटलले सेवा प्रदान गर्ने जनाएको छ ।

स्वदेशी एवम विदेशी पर्यटकका लागि गुणस्तरीय र सन्तुष्ट सेवा दिने लक्ष्यका साथ पोखरा पनि सेवा शुरुको चारतारे सुविधायुक्त होटलमा पाहुनाका लागि सराङकोट सम्म जानका लागि केवलकारको सुविधा, जिमहल, स्टिम, साउना, कन्र्फेन्स हल, स्वीमिङ पुल लगायतको सुविधा रहेका छन् । पर्यटकिय लेकसाइडमा शुरु भएको मिस्टिक माउण्टेनमा हाल ६० वटा स्वीट रुमहरु रहेका छन् । व्यवसायीहरु मनमोहन कृष्ण श्रेष्ठ, कमल बान्सकोटा र सागर गुरुङ संचालकका रुपमा रहनुभएको छ । पोखराको लेकसाइड देखि होटल सम्म आउनजान पाहुनाका लागि होटलले यातायातको सुविधा समेत दिएको छ । होटलको औपचारिक शुभारम्भ भए संगै केहि समयका लागि छुट दिइने जनाएको छ ।

सिटीजन फनिच्रर