सुचना१

लेकसाइडकाे हल्लनचाेककाे अम्ब्रेला स्ट्रिटमा भीड बढ्दै

पोखरा । दसैंअघि हल्लनचोकमा राखिएको कोकाकोला अम्ब्रेला स्ट्रिट अहिले पोखराको आकर्षणको केन्द्र बनेको छ। रंगीन छाताले सजिएको यो सडकमा पछिल्ला दिनमा फोटो खिच्ने र टिकटक बनाउने युवायुवतीहरूको भीड दिनदिनै बढ्दै गएको छ।

कोकाकोला कम्पनीले विन्डमिल एडभान्टेजको सहकार्यमा यो अम्ब्रेला स्ट्रिट स्थापना गरेको हो। विन्डमिल एडभान्टेजका मार्केटिङ अफिसर महेश जोशीका अनुसार यो सजावट छ महिनाका लागि राखिएको हो। छाता थप्ने र पुनः विस्तार गर्ने तयारी पनि भइरहेको छ उहाँले बताउनुभयो।

अम्ब्रेला स्ट्रिट हेर्न हल्लनचोकसँगै लेकसाइडमा पनि भीड बढेको छ। रंगीन छातामुनि रमाउँदै फोटो खिच्ने र टिकटक बनाउने युवायुवतीहरूलाई सजिलै देख्न सकिन्छ।
एक आगन्तुक कृष्ण कुमारी ढकालले भनिन्  हामी साथीहरू मिलेर फोटो खिच्न र टिकटक बनाउन आएका हौँ, यहाँको वातावरण निकै रमाइलो लागेको छ।

तर, स्थानीय व्यवसायीहरू भने व्यापारमा गिरावट आएको गुनासो गर्छन्। एक होटल व्यवसायीले भने फोटो खिच्ने र टिकटक बनाउनेहरूको भीड त बढेको छ तर ग्राहक भने घटेका छन्।

छ महिनाका लागि राखिएको यो कोकाकोला अम्ब्रेला स्ट्रिटले अहिले पोखराको हल्लनचोक र लेकसाइड दुबै क्षेत्रमा नयाँ ‘सेल्फी स्पट’को रूप लिएको छ। रंगीन दृश्य हेर्न र रमाइलो गर्न आउनेहरूको भीड अझै बढ्ने अनुमान गरिएको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर