सुचना१

कतारमाथि नेपालको रोमाञ्चक जित, सुपर सिक्समा विजयी यात्रा जारी

पोखरा । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले रोमाञ्चक जित निकाल्दै आफ्नो विजयी यात्रा जारी राखेको छ। सोमबार सम्पन्न खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको बलमा २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको योगफल बनायो। रोहितले ४१ बलमा ५८ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन जोडे। अन्त्यतिर गुलशन झाले ८ बलमा १६ रनको तेज पारी खेले। कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३–३ विकेट लिए।

१४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो। कतारका ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन र जुबेर अलीले ५२ रन बनाए पनि अन्य ब्याटरले साथ दिन नसक्दा टोली पराजित भयो।

नेपालका बलरमध्ये सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे। अन्तिम ओभरसम्म चर्को प्रतिस्पर्धा चले पनि नेपालले सन्तुलित खेल प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो।

वडा नं २६
Sadak 1
पुल सेन्टर