newa srijana

कास्कीमा अवैध रूपमा स्वरुप फेरिएका १०४ मोटरसाइकल नियन्त्रणमा, २८ चालक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चर्को आवाज निकाल्ने, साइलेंसर बिगारी पड्किने ध्वनि उत्पन्न गर्ने र राति अबेरसम्म समाजमा आतंक फैलाउने गतिविधि बढेपछि ध्वनि प्रदूषण नियन्त्रणका लागि विशेष अभियान थालेको छ।

प्रहरीका अनुसार असोज २७ गतेदेखि सञ्चालन गरिएको अभियानमा ध्वनि प्रदूषणमाथि नियन्त्रणसँगै शान्ति–सुरक्षामा खलल पुर्‍याउने, स्थानीय बासिन्दालाई त्रासमा पार्ने र अवैध रूपमा सवारी स्वरूप परिवर्तन गर्नेहरूलाई कारबाही थालिएको हो।

सिटीजन फनिच्रर

प्रहरीले अभियानका क्रममा २८ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। तीमध्ये १६ जनालाई अभिभावकको जिम्मामा रिहा गरिएको प्रहरीले जनाएको छ। बाँकीमाथि भने थप अनुसन्धान जारी छ।

Mountain run pokhara click

चर्को आवाज निकाल्ने र अशान्ति फैलाउने १०४ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएका छन्। तीमध्ये धेरैजसोमा अवैध साइलेंसर जडान गरिएको, केहीमा स्वरूप नै परिवर्तन गरिएको पाइएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यस अभियानको उद्देश्य सामाजिक शान्ति र सुरक्षाको वातावरण जोगाउने तथा राति अनावश्यक ध्वनि प्रदूषण घटाउने रहेको छ। प्रहरीले यसलाई निरन्तर र कडाइका साथ अघि बढाइने जनाएको छ।

Rabin photo