सुचना१
newa srijana

साहित्य शृङ्खलाको २७७औं नियमित रचना वाचन पोखरामा सम्पन्न

पोखरा । साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २७७औं शृङ्खला २०८२ कार्तिक १ गते शनिवारका दिन पश्चिमाञ्चल मावि, गैह्रापाटन पोखराको सभाहलमा तिहार विशेष गीत, कविता, कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित विशिष्ट साहित्यकारहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न भयो।

कार्यक्रममा संस्थाका सल्लाहाकार, दर्शनशास्त्री बामबुद्धिजीवी रामराज रेग्मीले तिहारका बारेमा मिथक, अन्धबिस्वास, रुढीबादी परम्परा र दिपावलीको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो।

“तिहारका बारेमा थुप्रै किंवदन्ती, मिथकता छन। हाम्रो दिमागमा भ्रम सृजना गर्नका लागि धेरै अपुष्ट बनावटी कुरा भरिदिएका छन, त्यसैलाई हामिले पत्याउदै यो पर्व मानिरहेका छौं। समाजशास्त्रीय अध्ययन गर्दा भित्री कुराहरु फरक छन,” भन्दै उहाँले भन्नुभयो — “यो किसानहरुको पर्व हो, किसानहरुको चाड हो। मनसुनी देशमा धानको खेती भित्र्याउने, थन्क्याउने, हिउदे बाली लगाउने बेला नभएको र यो बेला फुर्सदको वातावरण र आराम गर्ने बेलालाई लिएर यो पर्व मनाउन थालिएको हो।”

उहाँले आदिम समयमा आफ्ना आफ्नै बिचमै यौन सम्बन्ध हुने गरेको, पछिल्लो समयमा गोत्र, हाडनाता छुट्याउदै आफ्ना दिदी भाइ दाजु बहिनीहरुका बिचमा एकले अर्कालाई पुज्ने चलन भएकाले भाइटिकाको शुरुवात भएको कुरा सो अवसरमा बताउनुभएको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासदस्य नारायण मरासिनीले पनि दिपावलीको बारेमा आफ्ना धारणा ब्यक्त गर्दै स्रस्टाहरुका रचनाले अझै समाज परिवर्तन गर्न सघाउने कुरा बताउनुभएको थियो। उपस्थित स्रस्टाहरुको रचनालाई प्राज्ञ मरासिनीले मिहिन रुपमा समीक्षा गरेका थिए।

सल्लाहकार नारायण परिश्रमीले जेन्जिका विषयमा उत्खनन गरेका थिए। जेन्जिको अवधारणा, सिद्धान्त, धरातल के हो? पार्टिहरुका हेर्ने हो भने आ आफ्नै सिद्धान्त, अवधारणा हुन्छन, नेतृत्व हुन्छ, त्यही अनुसार पार्टिहरु अगाडि बढेका हुन्छन।

“बास्तवमा यो जेन्जीको शैद्धान्तिक अवधारणा, स्वरुप, धरातल के हो? यिनिहरुको नया सिद्धान्त छ भने लिखित रुपमा पाएका छैनौं, यो बिध्वंस मात्र हो कि? शैद्धान्तिक रुपमा आएका होइनन कि?” भन्ने संका गर्दै उहाँले शार्दुल बिकृडित छन्दमा समयसपेक्ष कविता वाचन गरेका थिए।

Pokhara महोत्सव

अर्का सल्लाहकार धन बहादुर नेपालीले नया परिवेशका गहन शब्दहरु समावेश गर्दै देउसी भट्याउदा तिहारको उल्लासमय वातावरणमा थप रोचकता थपिएको थियो।

संस्थापक स्ट्रगल राना, सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले, सङ्गमका सचिव विकास लुङ्गेलीले तिहार विशेष जनबादी गीतहरु प्रस्तुत गरेका थिए।

लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तले ‘प्रेम’ शिर्षकको रोचक सामाजिक यथार्थता बोकेको लघुकथा सुनाएका थिए। प्रतिष्ठानकै सचिव विष्णु प्रसाद बास्तोलाले पनि सुन्दर लघुकथा नै पस्केका थिए।

बुद्धिजिवी विद्या विमल बराल, संस्थाकी निबर्तमान लक्ष्मी थापा, पूर्व अध्यक्ष लोकनाथ पुडासैनी, लक्ष्मी प्रसाद पौडेल, छबिलाल आचार्य, प्रलेस कास्की अध्यक्ष छवि सुवेदी ‘बिजयी’ ले समसामयिक मिठा कविता सुनाएका थिए।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहाकार रामजी थापा, शृङ्खलाका परिकल्पनाकार धन प्रसाद तामाङ, अग्रधार टिभीका संवाददाता राम घले परियार, सुन्दर तामाङ, मुक्तिनाथ अधिकारी लगायतका विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा राम घलेले आफ्नो बुवाको काजकृया परम्परागत नगरी प्रगतिशिल तरिकाले गर्नुभएको र बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै राम घले लगायत परिवारजनमा शृङ्खलाले समवेदना प्रकट गरेको थियो।

लक्ष्मण गौतम हिमालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन काजी गाउँलेले गरेका थिए।

 

पुल सेन्टर
वडा नं २६