सुचना१
newa srijana

पोखरामा लागुऔषधसहित एक युवा पक्राउ

घारीपाटनमा बिक्री–वितरणमा संलग्न नवराज चापागाई पक्राउ, नगद र मोबाइलसहित ब्राउन सुगर बरामद

पोखरा । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पोखरामा एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा–१७ घारीपाटन बस्ने २५ वर्षीय नवराज चापागाई रहेका छन्।

प्रहरीका अनुसार शनिबार राति करिब ९ बजेर २५ मिनेटतिर घारीपाटन क्षेत्रमा लागुऔषधको बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। सोही क्रममा चापागाईलाई नियन्त्रणमा लिएर तलासी गर्दा उनको साथबाट तीन स–सानो पुरियामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

Pokhara महोत्सव

पछि चापागाईको कोठा खानतलासी गर्दा हेल्मेटभित्र र पहेँलो रंगको बट्टामा लुकाएर राखिएका थप १३ वटा पुरियामा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए। बरामद गरिएको ब्राउन सुगरको कुल तौल ०.९२ ग्राम रहेको प्रहरीले जनाएको छ।

लागुऔषधसँगै नगद ९४ हजार पाँच सय रुपैयाँ र दुई थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चापागाईलाई लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पुल सेन्टर
वडा नं २६