newa srijana

स्वास्थ्य विभाग म्यामोग्राफी खरिदमा १४ करोडको भ्रष्टाचार, डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध मुद्दा दायर

पोखरा । स्वास्थ्य सेवा विभागले २०८०/८१ मा खरिद गरेको म्यामोग्राफी मेसिनमा ठूला अनियमितता भएको पाइएको छ। विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जना कर्मचारी र ठेक्का पाउने कम्पनी Maxim Incorporation Traders Pvt. Ltd. का संचालक सुन्दर भुसालमाथि भ्रष्टाचारको आरोप लागेको छ।

अनुसन्धानले देखाएको छ कि खरिद प्रक्रियामा लागत अनुमान बनाउने चरणदेखि नै मिलेमतो भएको थियो। खरिद सम्झौता अनुसारका १२ वटा प्राविधिक वस्तु मध्ये केवल आंशिक सामान प्राप्त भएको थियो। तर झुट्टा बिल, गलत Post Shipment Inspection रिपोर्ट र गलत दाखिला प्रतिवेदन तयार गरेर पूरा सामान आएको देखाइएको आरोप छ।

सिटीजन फनिच्रर

लागत अनुमान रु. १२ करोड ७५ लाख रहेकोमा कर र अन्य खर्चसहित रु. १४ करोड ६ लाखको भुक्तानी गरिएको छ। प्रतिवादीहरूले झूट्टा दस्तावेज तयार गरी सरकारी कोषमा गैरकानूनी लाभ लिएको ठहर भएको छ।

Mountain run pokhara click

अनुसन्धान अनुसार प्रतिवादीहरूले सरकारी कोषमा करिब १४ करोड ६ लाखको हानी पुर्याएका छन्। यस घटनामा सामेल सबै प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Rabin photo