newa srijana

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

पोखरा । पोखरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई पोखरा–१६, माथिल्लो दिपबाट ४ बुक ताससहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूबाट कुल २ लाख ९५ हजार ६ सय ७५ रुपैयाँ नगद बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार, प्रहरीलाई जुवातास खेलिरहेको सूचनाका आधारमा छापा मारिएको हो।

सिटीजन फनिच्रर

यससँगै तिहारको अवसरमा कास्की प्रहरीले हालसम्म २७ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिसकेको छ। ती पक्राउ परेका व्यक्तिहरूबाट जम्मा ८ लाख ९७ हजार ७ सय ८० रुपैयाँ नगद बरामद भएको डीएसपी बस्नेतले जानकारी दिए।

Mountain run pokhara click

प्रहरीको भनाइ अनुसार, स्थानीय स्तरमा जुवा नियन्त्रणका लागि सूचना प्राप्त भएपछि छापा मार्ने कार्य निरन्तर जारी छ।

Rabin photo