newa srijana

पाहार ट्रस्ट र गाउँपालिकाको लागत साझेदारीमा जनसेवा आधारभूत विद्यालयको नयाँ भवन निर्माण कार्य शुरु

पोखरा । कास्की काे अन्नपूर्ण गाउँपालिका–१० फुलिवाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नयाँ भवनकाे साेमबार शिलान्यास भएको  छ।

गत वर्ष पहिरोका कारण क्षतिग्रस्त बनेको विद्यालयको पुनर्निर्माणका लागि अन्नपूर्ण गाउँपालिका र पाहार ट्रस्ट नेपालबीचको लागत साझेदारीमा ४० लाख रुपैयाँको लगानीमा भवन निर्माण थालिएको हो।

भवनकाे शिलान्यास गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीले शिलान्यास गर्दै विद्यालयको पुनर्निर्माणमा सहयोग र सहकार्यका लागि पाहार ट्रस्ट नेपालप्रति धन्यवाद ज्ञापन गरे। उनले गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार र शैक्षिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय विकासका परियोजनामा सहकार्य गर्न तयार रहेको बताए।

Mountain run pokhara click
सिटीजन फनिच्रर
अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसी

शिलान्यास कार्यक्रममा पाहार ट्रस्ट नेपालका अध्यक्ष बिजुली प्रसाद गुरुङले संस्थाको तर्फबाट विद्यालय पुनर्निर्माणमा गरिएको सहयोग स्थायी सुधारको प्रयास भएको बताए। वडा नं.–१० का वडा अध्यक्ष गौतम गुरुङलगायत वक्ताहरुले विद्यालय पुनर्निर्माणले स्थानीय विद्यार्थीको सिकाइ वातावरण सुधारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं.–७ का अध्यक्ष भरतमान गुरुङ, कार्यपालिका सदस्य भुपाल घर्ती, वडा सदस्यहरू, शिक्षकहरू, अभिभावक र स्थानीय समाजसेवीहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

 

Rabin photo