सुचना१
newa srijana

वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण आधारशिविर पदयात्रामा रोक

पोखरा । लगातार वर्षा र हिमपातका कारण म्याग्दी तर्फको अन्नपूर्ण आधारशिविर पदयात्रामा पूर्ण रूपमा रोक लगाइएको छ। स्थानीय प्रशासन र उद्धार टोलीले सुरक्षित मार्ग सुनिश्चित नगरी पर्यटकहरूलाई अघि बढ्न रोक लगाएको हो।

उक्त क्षेत्रमा रहेका पर्यटकहरूको सहजता र सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र स्थानीय उद्धारकर्मी ईन्द्र शेरचन थकालीको टोली अन्नपुर्ण गाउँपालिकासँग समन्वय गर्दै उद्धार कार्यमा सक्रिय भएको छ। टोलीले सुरक्षित मार्गतर्फ मार्गदर्शन गर्दै पर्यटकलाई आवश्यक सहयोग प्रदान गरिरहेको बताइएको छ।

परीस्थितिसम्बन्धी तत्काल जानकारी र सहयोगका लागि प्रहरी कन्ट्रोल नम्बर १००, नजिकको प्रहरी चौकी वा अन्नपुर्ण गाउँपालिकाका जनप्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिने छ।

अन्नपुर्ण गाउँपालिका अध्यक्ष: ९८५७६२७८२४
अन्नपुर्ण वडा नं. ४ अध्यक्ष: ९८६७६३९९५९
स्थानीय उद्धारकर्मी ईन्द्र शेरचन: ९८५७६४०२४६

स्थानीय प्रशासनले मौसम सफा नभएसम्म पदयात्रा नगर्न र सुरक्षित मार्ग अपनाएर मात्रै अगाडि बढ्न सबै पर्यटकलाई अनुरोध गरेको छ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की