सुचना१
newa srijana

अपराध अनुसन्धानमा उत्कृष्टता देखाई प्रहरी निरीक्षक तिवारी सम्मानित

पोखरा । अपराध अनुसन्धानमा देखाएको दक्षता र फरार अभियुक्तहरूलाई कानूनी दायरामा ल्याउने सक्रियताका कारण प्रहरी निरीक्षक प्रवेश तिवारी असोज महिनाका उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अपराध शाखा प्रमुख रहेका तिवारीलाई “उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१” अनुसार सम्मान गरिएको हो।

Pokhara महोत्सव

तिवारीले असोज महिनाभर जिल्लाभित्र भएका विभिन्न आपराधिक घटनामा सक्रिय नेतृत्व गरेका थिए। नियन्त्रित लागूऔषधसहित दुई अभियुक्त पक्राउ, सुन चोरी प्रकरणमा एक महिला नियन्त्रण र फरार १३ जनालाई पक्राउ गरी एक वर्ष सात महिना चार दिन कैद तथा ११ लाख ७१ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको प्रहरी स्रोतले जनाएको छ।

उनकै कमाण्डमा जेलबाट फरार भएका आठ कैदी पुनः नियन्त्रणमा आएका थिए। नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका एक जेसिबी र दुई ट्र्याक्टर नियन्त्रणमा लिइँदा अवैध गतिविधिमा अंकुश लागेको बताइन्छ।

पुल सेन्टर
वडा नं २६