newa srijana

श्री हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान तथा अन्नकूट महोत्सव सम्पन्न

पोखरा । पोखराको नारायणस्थानस्थित श्री लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा चार महिनासम्म सञ्चालन भएको चतुर्मास व्रत अनुष्ठान तथा ध्यान साधना कार्यक्रम सम्पन्न भएको छ।

पीठाधीश्वर अनन्त श्री विभूषित श्रीमज्जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा असार २२ गते हरिशयनी एकादशीका दिन सुरु भएको यो अनुष्ठान कार्तिक १५ गते हरिवोधनी एकादशीका दिन सम्पन्न गरिएको हो।

सिटीजन फनिच्रर

समापन समारोहमा रामार्चन पूजा र अन्नकूट महोत्सव विशेष आकर्षण बने। भक्तजनहरूले भगवानलाई ५६ भोग अर्पण गर्दै अन्नको पर्वत निर्माण गरेका थिए। पूजा पश्चात् प्रसाद वितरण गरिएको थियो।

Mountain run pokhara click

कार्यक्रमका क्रममा वैदिक मन्त्रोच्चारणसहित यज्ञ, आरती र भजन सम्पन्न भएका थिए। भक्तजनहरूले श्रद्धा र भक्ति भावनासहित सहभागिता जनाउँदै गुरु कृपा र आध्यात्मिक ऊर्जाको अनुभूति गरेको बताएका छन्।

आयोजक समितिका अनुसार, महायोगी सिद्धबाबा सद्गुरुदेवको कृपा र सद्संकल्पमा सम्पन्न चतुर्मास व्रत अनुष्ठानले भक्तजनहरूमा भक्ति, सदाचार र आत्मचेतनाको जागरण ल्याएको छ। सहभागीहरूले यस अवसरलाई जीवनका दुर्लभ आध्यात्मिक क्षणका रूपमा अनुभव गरेको जनाइएको छ।

 

Rabin photo