newa srijana

४७ वर्षपछि नकबजनी चोरीका फरार अभियुक्त पक्राउ

पोखरा । चार दशकभन्दा लामो समयदेखि फरार रहेका नकबजनी चोरीका अभियुक्त लालबहादुर रानालाई प्रहरीले विशेष अपरेसनमार्फत पक्राउ गरेको छ। गल्याङ–७ कल्लेरीका ६० वर्षीय रानालाई वडा प्रहरी कार्यालय वालिङको टोलीले गत कात्तिक १७ गते नियन्त्रणमा लिएको थियो।

घटना २०३५ वैशाख १५ राति तत्कालीन पेलाकोट गाउँपञ्चायत–२ (हाल गल्याङ–७) मा भएको थियो। घरभित्र सुनका गहना र रेडियो चोरी भएको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको थियो।

सिटीजन फनिच्रर

स्याङ्जा जिल्ला अदालतले २०४५ मंसिर १६ मा रानालाई एक महिना १५ दिन कैद र ४,५०० रुपैयाँ जरिवाना तोकेको थियो। फैसलापछि उनी फरार भएका थिए।

Mountain run pokhara click

स्थानीय सूचनाका आधारमा लामो समयपछि पक्राउ परेपछि उनलाई अदालतमा पेश गरी कैद र जरिवाना भुक्तानीका लागि कारागार पठाइएको छ। प्रहरीले फरार सूचीमा रहेका अन्य अभियुक्तको खोजी पनि तीव्र पारेको जनाएको छ।

प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार मुद्दा दर्ता भएको समयदेखि राना फरार थिए र स्थानीय सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिने विशेष टोली गठन गरिएको थियो।

Rabin photo