पोखरा । अदालतबाट भएका फैसला कार्यान्वयन गर्दै फरार रहेका दुई कसूरदारलाई प्रहरीले विशेष अपरेसनमार्फत पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिई अदालतमा पेश गरेको थियो।
पक्राउ परेका दुई फरार कसूरदारमा ख्याम ब. राना हरिनाश–६ र हिमाल गुरूङ विरूवा–४ रहेका छन्। प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार ख्याम रानालाई कर्तव्य ज्यानको मुद्दामा २ वर्ष १० महिना १८ दिन कैद र मृत्युलगत्त कट्टा तोकिएको थियो भने हिमाल गुरूङलाई सार्वजनिक अपराधमा ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
प्रहरीका अनुसार विशेष अपरेसन टोलीले अदालतको फैसला चुस्त, दुरुस्त र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै न्यायीक कारवाही पूरा गरेको छ।

			
											


