newa srijana

कास्कीमा तिहारको देउसी–भैलोबाट संकलित रकमले प्रहरी कार्यालयले किन्यो मोटरसाइकल

पोखरा । तिहारको अवसरमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रममा संकलित रकम कास्कीको वडा प्रहरी कार्यालय बैदामले कार्यालयका आवश्यकताका लागि मोटरसाइकल खरिदमा प्रयोग गरेको छ।

World link net

वडा प्रहरी कार्यालय बैदामले आयोजना गरेको देउसी–भैलोबाट २ लाख २१ हजार ५१४ रुपैयाँ संकलन भएको थियो। सो रकममा कार्यालयले थप ३ हजार ४५६ रुपैयाँ बराबरको लगानी गरी २ लाख २४ हजार ९७० रुपैयाँमा मोटरसाइकल खरिद गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले सोमबार आयोजित कार्यक्रममा मोटरसाइकलको चाबी वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईलाई हस्तान्तरण गरे।

 

सिटीजन फनिच्रर