newa srijana

वात्सल्य एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिक २६ देखि काठमाडौंमा हुने

पोखरा । स्थगित वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWV) का बाँकी खेल आगामी कार्तिक २६ देखि २९ गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएका छन्। नेपाल भलिबल सङ्घबाट आधिकारिक स्वीकृति प्राप्त भएपछि लिग आयोजकले पुनः सञ्चालनको घोषणा गरेको हो।

लिगका १६ खेलमध्ये हालसम्म नौ खेल सम्पन्न भइसकेका छन्। बाँकी सात खेल काठमाडौंमै आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिनेछ।

सिटीजन फनिच्रर

लिगको पहिलो चरण राष्ट्रिय जेन–जी आन्दोलनका कारण स्थगित भएको थियो। आयोजकका अनुसार अप्रत्याशित चुनौतीका बाबजुद लिगलाई सफलतापूर्वक सम्पन्न गर्ने दृढता यथावत् छ।

Mountain run pokhara click

आयोजकले महिला खेलाडीको सशक्तीकरण, देशभर भलिबलको प्रवर्द्धन र खेल समुदायको सुदृढीकरणलाई यो लिगको मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरेको छ।

नेपाल भलिबल सङ्घ र सहभागी टोलीहरूको समर्थनमा दोस्रो संस्करणलाई रोमाञ्चक र प्रेरणादायी रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

Rabin photo