newa srijana

स्याङ्जामा फरार पाँच अभियुक्त पक्राउ, कैद र जरिवाना भुक्तानका लागि अदालतमा पेश

पोखरा । स्याङ्जा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका पाँच जना अभियुक्तलाई पक्राउ गरी कैद सजाय र जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा पेश गरेको छ।

प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अपरेसन टोलीले फेदीखोला, दहथुम र पौवागौंडे क्षेत्रमा गरेको अपरेसनमार्फत उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा डाँका, बैंकिङ कसूर, चोरी र पशुपंक्षीसम्बन्धी मुद्दामा दोषी ठहरिएका व्यक्ति छन्।

सिटीजन फनिच्रर

डाँका मुद्दामा ६ वर्ष कैद र २५ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएका वालिङ–१२ का डिलबहादुर गुरुङ, बैंकिङ कसूरमा ५ लाख रुपैयाँ जरिवाना पाएकी गल्याङ–५ की शान्ति गुरुङ, र पशुपंक्षीसम्बन्धी मुद्दामा ११ महिना कैद सजाय पाएका पुतलीबजार–१२ का टेकबहादुर गुरुङ पक्राउ परेका छन्।

Mountain run pokhara click

त्यसैगरी डाँका मुद्दामा एक महिना कैद सजाय तोकिएका फेदीखोला–४ का हर्कबहादुर गुरुङ र चोरी मुद्दामा जरिवाना बाँकी रहेका पुतलीबजार–५ का जितबहादुर कार्की र सेती क्षेत्री पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन यस्ता अभियान नियमित रूपमा सञ्चालन गरिरहेको जनाएको छ। फरार सूचीमा रहेका अन्य अभियुक्तहरूको खोजी कार्य पनि तीव्र पारिएको प्रहरीले जनाएको छ।

Rabin photo