newa srijana

३६० स्काई लाउन्जको तेस्रो वार्षिकोत्सवमा महेश–अस्मिता र कर्णदासको विशेष साँगीतिक साँझ

पोखरा । फेवातालको किनारमा अवस्थित चर्चित रेस्टुरेन्ट तथा लाउन्ज ३६० स्काई लाउन्ज ले यही मंसिर ५ गते आफ्नो तेस्रो वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। छोटो समयमै स्थानीय तथा आन्तरिक पर्यटकमाझ लोकप्रिय बनिसकेको यो लाउन्जले उत्सवको अवसरमा विशेष सांगीतिक तथा खानपान कार्यक्रम आयोजना गर्दैछ।

वार्षिकोत्सवका मुख्य आकर्षणको रूपमा दम्पती गायक महेश काफ्ले र अस्मिता अधिकारी को संयुक्त लाइभ प्रस्तुति रहने आयोजकहरूले जानकारी दिएका छन्। नेपाली संगीतका मनमोहक धुनसँगै सहभागीले विभिन्न देशका व्यञ्जनको स्वाद पनि लिन सक्नेछन्। आयोजकका अनुसार विशेष मेनुमा भारतीय, चाइनिज, थाई, कन्टिनेन्टल र स्थानीय फ्युजन परिकारहरू समावेश गरिएको छ।

सिटीजन फनिच्रर

कार्यक्रमलाई अझ रोचक बनाउन वरिष्ठ गायक कर्णदास को पनि विशेष प्रस्तुति रहने छ। लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहेका कर्णदासको उपस्थितिले समारोहलाई थप यादगार बनाउने विश्वास गरिएको छ।

Mountain run pokhara click

३६० स्काई लाउन्जका सञ्चालक विशाल राज पौडेल ले छोटो समयमै प्राप्त समर्थन र माया प्रति धन्यवाद व्यक्त गर्दै भने हाम्रो तेस्रो वार्षिकोत्सवलाई विशेष बनाउन हामीले साँगीतिक र खानपान दुवै पक्षमा विशेष प्रस्तुति व्यवस्था गरेका छौं। पोखरावासी र यहाँ आउने पाहुनाले जुन माया दिनुभयो त्यसको बदलामा गुणस्तरीय सेवा र मनोरञ्जन दिन हाम्रो प्रयास निरन्तर रहिरहनेछ।

फेवातालको किनारमा अवस्थित यस लाउन्जले साँझको समयमा विशेष गरी युवा पुस्तालाई आकर्षित गर्दै आएको छ।

Rabin photo