सुचना१
newa srijana

कोरियन एस्थेटिक ‘लेट मि इन’ को शाखा पोखरामा, नीति शाह र सिसन बानियाँद्वारा उद्घाटन

१० दिनसम्म ३५% प्रतिशत छुट

पोखरा । स्किन केयरका क्षेत्रमा विश्वव्यापी रूपमा परिचित कोरियन एस्थेटिक ‘लेट मि इन’ ले पोखरामा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ। चिप्लेढुंगास्थित पोखरा ट्रेड मलको चौथो तलामा शुक्रबारदेखि सेवा सञ्चालनमा आएको हो। शाखाको उद्घाटन कलाकार नीति शाह, डिजिटल कन्टेन्ट क्रियटर तथा भ्लगर सिसन बानियाँ र प्रबन्ध निर्देशक लि मिन क्योङले संयुक्त रूपमा गरेका छन्।

काठमाडौंको बानेश्वर र महाराजगञ्जपछि पोखरामा आएको नयाँ शाखाले स्थानीयहरूलाई अत्याधुनिक स्किन केयर सेवामा सहज पहुँच दिने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा नायिका तथा ब्रान्ड एम्बासडर नीति शाहले ‘लेट मि इन’ का प्रविधि, उपकरण र सेवाले आफू प्रभावित भएको बताउँदै नेपाली उपभोक्ताका लागि कोरियन स्किनकेयर उत्पादकहरू उपयुक्त र प्रभावकारी रहेको धारणा राखिन्।

भ्लगर सिसन बानियाँले विश्वका प्रमुख शहरहरूमा उपलब्ध हुने स्किन केयर सुविधा अब पोखरामा पनि पाउन सकिने बताए। उनले ‘लेट मि इन’ को सेवा अनुभवले आत्मविश्वास बढाउने उल्लेख क–रदै पेशागत र प्राविधिक सेवा गुणस्तर उच्च रहेको प्रतिक्रिया दिए।

Pokhara महोत्सव

कोरियन एस्थेटिकका प्रबन्ध निर्देशक मा दोङ सोका अनुसार सफा, सुरक्षित र शान्त वातावरणमा अत्याधुनिक उपकरण र अनुसन्धानमा आधारित उपचार उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको हो। उनले काठमाडौंमा जस्तै पोखरामा पनि समान स्तरको सेवा उपलब्ध गराइने बताए। उनका अनुसार भविष्यमा नयाँ प्रविधि निरन्तर भित्र्याउँदै सेवा विस्तार गर्ने कम्पनीको योजना छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवराम तिवारीले ‘लेट मि इन’ स्किन केयर क्षेत्रका लागि उत्कृष्ट विकल्प बन्दै गएको बताए। कन्ट्री म्यानेजर विनोद सुवेदीका अनुसार करिब ४ करोड रुपैयाँ लगानीमा पोखरा शाखा सञ्चालनमा आएको हो। बानेश्वर, महाराजगञ्ज र पोखरा शाखा गरी ७५ जनालाई रोजगारी मिलेको उनले जानकारी दिए। पोखरा शाखामा मात्र डाक्टर, नर्ससहित १५ जना कर्मचारी खटिएका छन्।

शाखा उद्घाटन अवसरमा नोभेम्बर ३० सम्म डाक्टर परामर्श निःशुल्क र अन्य सेवामा ३५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको नर्स सदीक्षा थापाले बताइन्। सो अवधिमा कोरियन सौन्दर्य सामग्रीमा ‘एक किन्दा अर्को सित्तैमा’ अफर पनि लागू गरिएको छ।

पोखरा शाखाबाट हेयर ट्रान्सप्लान्ट, हेयर रिडक्सन ट्रिटमेन्ट, फेसियल सेवा, एन्टी–एजिङ ट्रिटमेन्ट, स्कार ट्रिटमेन्ट, हेयर रेस्टोरेसन, टाटु रिमुभल, डन्डिफोर र कालोपोतो उपचार, हाइपरबेरिक अक्सिजन थेरापीलगायतका सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

पुल सेन्टर
वडा नं २६