newa srijana

अन्नपूर्ण गाउँपालिका–४ भदौरे समाजसेवी मिनबहादुर गुरुङ निधन

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका–४ भदौरेका समाजसेवी मिनबहादुर गुरुङ जो पूर्व भारतीय भूपु आर्मीमा आबद्ध थिए २०८२ मंसिर १५ गते नसा सम्बन्धि रोगको उपचारका क्रममा अस्पतालमा निधन भएको छ।

दिवंगत गुरुङ सरल स्वभाव र मिलनसार व्यक्तित्वका धनी थिए। उनी समुदायमा आउने प्रत्येक सामाजिक घटनामा अग्रसर रहन्थे, सबैलाई मिलाएर लैजाने र अप्ठ्यारो समयमा मार्गदर्शन दिने व्यक्तित्वका रूपमा चिनिन्थे। स्थानीयहरूले उनलाई ‘सधैं सहयोगी, सधैं मुस्कुराइरहने’ स्वभावका कारण सम्मानका साथ सम्झने गरेका छन्।

सिटीजन फनिच्रर

उनको परिवार पनि सामाजिक सेवामा सक्रिय छ। उनका छोरा खेम गुरुङ, ज्वाई राजकुमार गुरुङ र छोरीहरू लक्ष्मी गुरुङ, शान्ति गुरुङ विभिन्न सामाजिक संस्थासँग आबद्ध छन्। दिवंगत गुरुङ परिवारलाई गाउँमा ‘सेवा संकल्प भएको परिवार’को रूपमा हेरिन्छ।

Mountain run pokhara click

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था पोखरा, ढिकुरपोखरी समाज पोखरा र स्थानीय समुदायले संयुक्त रूपमा शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चीरशान्तिका लागि प्रार्थना गरेका छन्। सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेलले गुरुङको सरल स्वभाव, सौम्य व्यवहार र समुदायप्रतिको योगदानको उच्च सम्मान व्यक्त गरेका छन्।

स्थानीय समुदायले दिवंगत गुरुङको योगदान, सादगीपूर्ण जीवनशैली र समाजप्रतिको समर्पणलाई लामो समयसम्म स्मरण गर्ने बताएको छ।

Rabin photo